Section 51
परीक्षणकालमा रहने
(१) दफा ५० बमोजिम दिइने चालक अनुमतिपत्र शुरूमा एक वर्षको लागि परीक्षणकालमा रहने गरी दिइनेछ ।
(२) परीक्षणकालभित्र चालकले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमबमोजिम पालन गर्नु पर्ने शर्तको उल्लङ्घन पाँच पटकभन्दा बढी नगरेमा निजको अनुरोधमा अधिकार प्राप्त अधिकारीले निजको चालक अनुमतिपत्र स्थायीमा परिणत गरी दिनु पर्छ ।